चैत -७
मनोहरा जेसिसले नेपाल जेसिसमा सबै भन्दा धेरै मत प्राप्त गरि राष्ट्रिय उपाध्यक्षमा बिजयि हुनु भएकी रजनी थापा लाई सम्मान गरेको छ ।सम्मान कार्यक्रमका प्रमुख अतिथि कागेस्वरि मनोहरा नगरपालिका नगर प्रमुख कृष्ण हरि थापाले दोसल्ला ओडाई तथा कदर पत्रले सम्मान गर्नु भएको थियो । सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले रजनी थापा मनोहराको गहना भएको बताउदै यति छोटो समयमा राट्रब्यापी रुपमा कागेस्वरी मनोहरालाई चिनाउन सफल भएकोमा मनोहरा जेसिसलाई धन्यवाद दिदै कागेस्वरी क्षेत्रका युवाहरूलाई उध्यमसिल बनाउदै नेतृत्व बिकासमा जेसिसले गरेको कार्य प्रसंसनिय रहेको बताउनु भयो । राम्रा कार्यक्रम सहित मनोहरा जेसिसले प्रस्ताव ल्याएमा नगरपालिकाले हातेमालो गर्न तयार रहेको बताउनु भयो ।
२०१० बाट जेसिसको सदस्यको बाट जेसिस प्रवेश गर्नु भएकि रजनी थापा मनोहरा जेसिसको २०१९ को अध्यक्ष हुदौ नेपाल जेसिसको २०२१ का लागि सर्बाधिक मत सहित राष्ट्रिय उपाध्यक्षमा बिजयि हुनु भएको थियो । कार्यक्रममा नेपाल तरुण दलका काठमाडौ अध्यक्ष कृष्ण जंग थापाले युवाहरूले समाज परिवर्तनका लागि योगदान गर्नुपर्ने बताउदै युवाहरुले समाजलाई नेतृत्व गर्न जेसिसले सिकाउने बताउदै नेतृत्व संगै ब्यवसायिक सफलताका लागि समेत भुमिका खेल्दै युवाहरूलाई सहि बाटो देखाएकोमा जेसिस परिवारलाई धन्यवाद दिनु भयो । रजनी थापाको नेतृत्वले मनोहरा जेसिस मार्फत एस क्षेत्रको उचाई रास्ट्रब्यापि भएको बताउनु भयो ।
कार्यक्रममा सम्मान ग्रहण गर्दै नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्ष रजनी थापाले युवाहरूको नेतृत्व बिकासका लागि नेपाल जेसिस सदा युवाहरुको साथमा रहने बताउदै सम्मान गरेकोमा मनोहरा जेसिस प्रति आभार प्रकट गर्नु भयो । निबर्तमान बर्ष २०२० का अध्यक्ष निसान्त गौतमले आगन्तुकलाई स्वागत गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता मनोहरा जेसिस २०२१का अध्यक्ष सागर रोक्काले गर्नु भएको सम्मान कार्यक्रमको सम्योजन मनोहरा जेसिस २०२१का मिडिया तथा प्रेस संयोजक उमेश भट्टराईले गर्नु भएको थियो ।
Discussion about this post