पाल्पाको रिब्दिकोटमा गोठ भत्किदा १ को मृत्यु १ घाइते

13
SHARES
105
VIEWS


विष्णु पान्डेय
पाल्पा -अशोज १२,पाल्पाको रिब्दिकोट गाउपालिका ७ डवकामा सोमबार गोठ भत्किदा १ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन। मृत्युहुनेमा पालिका वडा न ७ का बर्ष ५५ का हरी बहादुर लम्तरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी मदन गिरीले जानकारी दिए । घटनामा परि वडा न ८ का बर्ष ४८ का अमर टेक्मि घाइते भएको उनले बताए । घाइतेको अहिले पाल्पा तानसेनको युनाईटेड मिसन अस्पतालमा उपचार भैरहेको गिरीले बताए । उनको अवस्था सामान्य छ । गोठमा पशुचौपाया समेत परेका छन् । गोठमा परी १ भौसी, १ पाडी र १ बाख्रा समेत मरेका छन् । दिउसो स्थानिय पुतली विकको भैसि गोठ मर्मत गर्ने क्रममा सो घटना भएको हो । घटनाले आफुलाई दुख लागेको र गाउपालिकाले उचित क्षतिपूर्ति दिने पालिकाका अध्यक्ष नारायण बहादुर जिसिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार