स्याङ्जाको कालीगण्डकीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

150
SHARES
1.3k
VIEWS

जेठ -३

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका वडा नम्बर २ का ९० वर्षीय पुरुष रहेको वडा नम्बर २ का वडा अध्यक्ष नर बहादुर रानाले जानकारी दिनु भयो। हिजो मात्रै मृतकको एन्टिजेन बिधिबाट कोरोना परिक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको वडा अध्यक्ष रानाले जानकारी दिनु भयो।

हिजो राती श्वासप्रश्वासमा एक्कसी समस्या देखिए पछि कालीगण्डकी अस्पतालमा लैजादै गर्दा बिच बाटो मै अक्सिजन अभावका कारण मृत्यु भएको समेत वडा अध्यक्ष रानाले बताउनुभयो ।

वडा नम्बर १,२,३ र ४ भेगका जनतालाई सहजताका लागि बिर्घाको करन्डाडामा कोरोना अस्पताल निर्माण गर्ने अभियान सुरु भएको छ। फेसबुक समूह हेल्लो बिर्घाको विशेष पहलमा निर्माण हुन लागेको कोरोना अस्पताल निर्माण भए पश्चात् उपचार अभावमा बाटोमै मृत्यु हुने क्रम रोकिने अपेक्षा गरिएको छ
कोरोना लहरको दोस्रो चरण सुरु भए यता कालीगण्डकी गाउँपालिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ४ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार