कालीगण्डकी पोखरा सम्पर्क समाजद्वारा अक्सिमिटर प्रदान

41
SHARES
338
VIEWS

जेठ-५

स्याङ्जाको कालीगण्डकी गाउँपालिका स्थायी ठेगाना भइ विभिन्न पेशा, अध्ययन र जागिरका सिलसिलामा पोखरामा बसोबास गर्दै आउनु भएकाहरुको समूह कालीगण्डकी पोखरा सम्पर्क समाजले कालीगण्डकी गाउँपालिकालाई अक्सिमिटर प्रदान गरेको छ।

मानव शरीरमा अक्सिजनको मात्रा नाप्नलाई अत्यन्तै उपयोगी अक्सिमिटरको प्रयोग श्वासप्रश्वास , फोक्सो तथा कोभिड-१९ का बिरामीहरुलाई उपयोगी मानिएको छ। कालीगण्डकी गाउँपालिकालाई प्राप्त अक्सिमिटर पालिका भित्रका ४ वटा स्वास्थ्य चौकीमा वितरण गरिने कालीगण्डकी गाउँपालिकाकि उपप्रमुख साबित्रा कोइरालाले बताउनु भयो। कोभिड -१९ को जोखिमको समयमा अक्सिमिटर जस्तो अत्यन्तै उपयोगी स्वास्थ्य सामाग्री प्रदान गरिएकोमा कालीगण्डकी पोखरा सम्पर्क समाज प्रती पालिकाले आभार व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार