जेठ -१०
गुल्मीको कालीगण्डकी गाउँपालिकाले गाउँ टोलमै पुगेर कोरोना परिक्षणका लागि स्वाब संकलन गरेको छ। कोरोना परिक्षणको दायराभन्दा बाहिर रहेका र बढी संक्रमित रहेको वडाहरुमा स्वास्थ्यकर्मी हरुको टोलि सहित पुगेर लक्षण सहितका र कन्ट्याक्ट् ट्रेसिङमा परेकाहरुको स्वाब संकलन गरिएको कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष बेद बहादुर थापा मगरले जानकारी दिनु भयो।
गुल्मीको कालीगण्डकी गाउँपालिका जिल्लामा सवै भन्दा बढी कोरोना संक्रमणका कारण प्रभावित भएकोले थप संक्रमण न्यूनीकरणका लागि स्वाब संकलन अभियान सञ्चालन गरिएको अध्यक्ष थापाले जानकारी दिनु भयो।
हिजो सम्म पालिकाको कोरोना प्रभावित ५ , ६ र अन्य वडा हरुमा ४३७ जनाको स्वाब पिसिआर परिक्षणका लागि संकलन गरिएको कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्र बहादुर थापा मगरले जानकारी दिनु भयो। अस्पताल र स्वास्थ्य चौकीको पहुँचबाट टाढा रहेका र घरमै बिरामी भएर सुतिरहेकाहरुको स्वाब संकलन गरिएको र यसबाट कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सहज हुने समेत स्वास्थ्य शाख प्रमुख थापाले जानकारी दिनु भयो।
Discussion about this post