राधाकृष्ण डुम्रे
स्याङजा
जेठ -१०। स्याङजाको कालिगण्डकी गाँउपालिका बिर्घाका युवाहरुले शुरु गरेको फेसवुक अभियान सफल हुँदै गएको छ । गाँउमा व्यवस्थित र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि युवाहरुले शुरु गरेको अभियान सफल हुँदै गएको हो । युवाहरुले “बिर्घामा अस्पताल समय मै उपचार” भन्ने अभियान शुरु गरेको एक हप्तामा नै नगद ८ लाख र लाखौंका समाग्री संकलन भएको छ ।
कोरोना भारईरसको दोस्रो भेरियन्ट शुरु भएसँगै जिल्लाका शहरी क्षेत्रमा भन्दा गाँउमा सक्रमणको दर बढेको तथ्याङ्कले देखाएको छ ।
कोरोनाको संक्रमण छल्न गाँउ आएका युवाहरु गाँउको स्वास्थ्य चौकीलाई व्यवस्थित बनाउन लागि परेको अभियान्ता अनन्त पाण्डेले बताउनु भयो । उहा भन्नुहुन्छ “गाँउमा ठूलो स्वाथ्यचौकीको भवन त भयो तर प्रभावकारी सेवा र सामाग्री भएनन, त्यसैले युवाहरु जागे”
विर्घा स्वास्थ्य चौकीलाई तत्काल कोभिड–१९ का विरामीको उपचार गर्न सक्षम बनाउने गरी कम्तीमा २५ ओटा अक्सिजन सहितको शैया, सामान्य रोगको पहिचान गर्नसक्ने प्रयोगशाला, एक्स–रे मेसिन लगायत अन्य आवश्यक मेडीकल सामग्री जुटाउने अभियान अन्तरगत हेलो बिर्घा नामक फेसबुक समूह सक्रिय रहेको छ ।
अभियान अन्तरगत प्राप्त भएका नगद तथा सामाग्रीहरुको बिबरण हेलो बिर्घा फेसबुक पेज मार्फत नै सार्वजनिक भईरहेको अभियान्ता पाण्डेले बताउनु भयो ।
युवाहरुले कोरोना संक्रमणको प्रभाव कम होस् भन्दै स्वाथ्यचौकीको सरसफाई तथा व्यवस्थापनको काम समेत निरन्तर गरिरहेका छन् ।
गाँउ गाँउमा सक्रमण बढिरहेको अवस्थामा गाँउमा नै व्यवस्थित अस्पताल बनाउने अभियानलाई सार्थकता प्रदान गर्न गृह मन्त्राालयका सहसचिव तथा कोरोना नियन्त्रण केन्द्रिय समिति सिसिएसीका सदस्य टोकराज पाण्डेले सहजीकरण गरिरहनु भएको युवाहरुले बताएकाछन् ।
अहिले सम्म ठूलो तथा सानो साईजको बेडहरु,अक्सिनज सिलिन्डरहरु, अक्सिजन कन्सन्ट्रेटर मेसिन,नेवुलाईजर,पिपिई लगायतका महत्वपूर्ण सामाग्रीहरु प्राप्त भएको अभियान्ता पाण्डेले जानकारी दिनुभयो ।
के के सामाग्रीहरु संकलन भए त ?
हेम खरालको ब्यवस्थापनमा काठमाडौंबाट बिर्घाको लागि १ गाडी मेडिकल सामाग्री सहितको गाडी जिल्ला आईपुगेको छ ।
टोकराज पाण्डेको पहलमा प्राप्त ५ ओटा ठूलो साईजको बेड, ५ ओटा बेड साईड लकर, २ ओटा सिरानि, २ ओटा ब्लान्केट, १ ओटा सानो साईजको बेड,
बिष्णु प्रसाद पाण्डेबाट प्राप्त २ ओटा नेबुलाईजर मेसिन,
माधब पाण्डे बाट प्राप्त पिपिई, मास्क, सेनिटाईजर, फेस शिल्ड, लगायत अत्यावश्यक औसधि, महाविर पुनको राष्ट्रिय आबिस्कार केन्द्रबाट प्राप्त ७ क्युबिक मिटरको सिलिन्डर– ५ पिस
अक्सिजन कन्सन्ट्रेटर मेसिन– १ थान
Discussion about this post