जेठ -२५
गुल्मी -गुल्मी सम्पर्क समिति कोरियाद्वारा कालीगण्डकी गाउँपालिकालाई ४० हजार मास्क प्रदान गरिएको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै न्यूनीकरणका लागि पालिकाबासी सवै घरधुरीलाई पुग्ने गरि समितिले मास्क प्रदान गरेको कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्र थापाले जानकारी दिनुभयो।
रोजगारीको शिलशिलामा कोरिया रहनु भएका कालीगण्डकीबासीद्वारा अक्सिजन लगायत अन्य स्वास्थ्य सामग्री प्रदान गर्ने तयारी रहेको समेत कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख थापाले जानकारी दिनु भयो।
गुल्मीको कालीगण्डकी गाउँपालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै थापाले पालिकामा हाल सम्म ५०४ जनाको पिसिआर परिक्षण गरिएकोमा २०२ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताउनुभयो । यस्तै गरि एन्टिजेन बिधिबाट हाल सम्म १०३ जनाको परिक्षण गरिएकोमा ५७ जनामा संक्रमणको पुष्टि भएको थापाले बताउनुभयो । पालिकामा कोरोना परिक्षणलाई तीब्र पारिए पनि जनसमुदायमा जनचेतनाको अभावका कारण परिक्षण गर्न आउनेहरुको सङ्ख्या न्यून रहेको थापाले बताउनुभयो । कालीगण्डकी गाउँपालिकामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ।
Discussion about this post