जेठ -२८
पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ३७६ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारी गरेको प्रेस बिज्ञप्तिका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेहरूमा मुस्ताङका १ जना , म्यादीका ३१ जना , पर्वतका ४४ जना , गोरखाका २७, लमजुङका ३२, तनहुँका ३७ जना , कास्कीका १११ जना , बाग्लुङका ११ जना , स्याङ्जाका ५ र नवलपरासीका ७७ जना रहेका छन् । आज थप ३७६ जना गरी गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको सङ्ख्या ४९४१४ जना पुगेको छ।
यस्तै गरि गण्डकी प्रदेशमा थप ६ जनाको मृत्यु भएको छ। कास्कीका ३ जना , नवलपरासीका १ , गोरखाका १ र प्रदेश बाहिर ओखलढुंगाका १ जनाको पोखरामा उपचारका क्रममा कोरोना संक्रमणका कारण मृत्युु भएको छ।
Discussion about this post