कस्तो जमाना आयो
मुखमा पट्टी लगाउं भने
पञ्चायत देखि लड्दै आइयो
आँ गरिहाल्छ बोल्ने मुख
बोलौ,अचम्मको संस्कृतिको विकास हुदैछ
मान्छेहरूको बौद्धिकता बग्दैछ उल्टो दिशातिर
मान्छेहरूको असंगत तर्कले
कद घटाएको छ उनीहरूको
उनीहरूलाई पछ्याउनेको मन अमिलो बन्दैछ
इमान्दार आत्मा छट्पटीन्छ
चुप लाग्न सक्दैन,बोलिहाल्छ
समाज चलाउने नियम त मिचिएछ नि
मिचिएको छ सच्याउनुपर्छ भन्न छाडेर
उसको पालामा मिचिएको थियो नि
हामीले मिच्न नहुने किन?प्रति उत्तर आइहाल्छ
कोहि कोहीले समाजमा विभेद गरेकोलो नै
शुक्रराजहरू जन्मिएका हुन्
मदन भण्डारीहरूको उदय भएको हो
बि पि ले कलम चलाएका हुन्
हतियार बजाएका हुन्
प्रचण्डले हतियार उठाएका हुन्
निरपराध जनहरू पछि लागेका हुन्
जय जयकार मनाएका हुन्
आचीलाई आची भन्न छोडेर
आफ्नो कसैले झरालेको कुहिगन्ध
राम्रो मान्ने संस्कृति बोक्न छोड
लाम लागेर हिड न्यायको लागी
रमिते बनेर नहिड
आफ्नो आँखा अगाडि कोहि चेली बलात्कृत हुदा
अर्कै बलात्कारी देखाएर
उसले पनि बलात्कार गरेको हो नि भन्दै
बलात्कारीलाई सही मान्ने संस्कृतिको अन्त्य गर
आँखा अगाडि गरीबको श्रम शोषण गर्ने श्रम पिपासुलाई
तिमिलाई एकरात बेहोसी बनाइदियो भन्दैमा वाह!वाह!!नगर
श्रमिकको पक्षधरता त्याग्ने काम नगर
हिजो तिम्रो उचाई सगरमाथा जस्तो थियो
आज केचनाकलतिर झर्दैछौ किन?
हिजो धन सम्पत्ति,पदको लालचमा नफसेको तिम्रो स्वाभिमान
किन ओरालो लाग्दैछ आज?
तिमिले समातेको बाटो न्यायको लागी थियो
समानताको लागी थियो
न्याय मरिरहदा रमिते मात्र होइन
न्याय मार्नेको बचाउतिर लाग्छौ किन?
तिमी हिजोको आदर्शवान तिमी बन
आजको छ्या मान्छे बन्दै नबन
दृष्टिकोण बेचेर
रछ्यानको फोहोरलाई हिरा सम्झने काम बन्द गर
आँखाले देखेको बस्तुको
उल्टो विश्लेषण गर्ने काम बन्द गर
तिमी सत्य मार्गमा बाँच्न सिक
लेखक :- कृष्ण थापा,तानसेन,पाल्पा
Discussion about this post