लायन्स क्लबद्वारा स्वास्थ्य सामग्री सहयोग

26
SHARES
215
VIEWS

तोलाकान्त बगाले

वालिङ, २९ जेठ ।

लायन्स क्लब अफ वालिङ सिटीले वालिङ नगरपालिकालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । विश्वब्यापी महामारीकोरुपमा तीब्र गतिमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण वालिङ नगरपालिकामा पनि उच्च दरमा फैलिरहेको अवस्थामा रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने खालका स्वास्थ्य सामग्रीहरु नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

लायन्स क्लब अफ वालिङ सिटी, लायन्स क्लब अफ वालिङ ग्रिन सिटी, लियो क्लब अफ वालिङ सिटीले संयुक्तरुपमा नगरपालिकालाई स्वास्थ्यसम्बन्धी सामग्रीहरु हस्तान्तरण गरेको हो ।

लायन्स क्लबले थर्मल गन १० थान, नोजल मास्क १०० थान, अक्सिमिटर ३० थान, पिपिई सेट २० थान, ग्लोभ्स १० प्याकेट, रेगुलेटर अक्स फ्लो मिटर १५ थान, सर्जिकल मास्क २५०० थान गरी कूल एकलाख ६५ हजार बराबरको स्वास्थ्य सामग्री नगर प्रमुख दिलीपप्रताप खाँण तथा उपप्रमुख कल्पना तिवारीलाई हस्तान्तरण गरेको हो ।

विपदका समयमा आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी उपकरणहरु उपलब्ध गराएर सहयोग गर्नुभएकोमा विभिन्न संघसंस्था तथा ब्यक्तिहरुप्रति नगर प्रमुख खाँणले धन्यवाद ज्ञापन गर्नुभयो ।

विगतका वर्षहरुमा आईपरेका विपदका समयमा क्लबले सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा नगर प्रमुख खाँणले गर्नुभएको थियो ।

महमारीका समयमा निक्कै सक्रिय रहेर जनप्रतिनिधि, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु निरन्तर सेवामा खटिरहनुभएको अवस्थामा कोरोना रोकथाम तथा नियन्त्रणमा क्लबकोतर्फबाट पनि केही सहयोग गरिएको लायन्स क्लब अफ वालिङ सिटीका अध्यक्ष कविता भुसालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार