रुरुक्षेत्र रिडीधाममा रहेका छोडुवा गाईलाई गौ आश्रममा राखिने

28
SHARES
235
VIEWS

चुरामणि तिमिल्सिना
जेठ -२९ रुरुक्षेत्र धाम रिडीमा लामो समय देखि अस्त-व्यस्त रहेका तथा दुख पाइरहेका गाईहरुको संरक्षण हुने भएको छ । तानसेन नगरपालिका वडा नम्बर १४ कुसेनी गायत्री मन्दिरको जग्गामा निर्माण सम्पन्न भएको रुरु गौ सेवा आश्रममा गाईको उचित व्यवस्थापन हुनेभएको सेवा आश्रमका संरक्षक शंकर गिरीले जानकारी दिनु भयो।

यस रुरु धाम , कुसेनी , थोर्गा, रातामाटा, अर्गलीका तल्ला बस्ति, बिष्णु पन्जर आसपासमा रहेका छडुवाका रुपमा रहेका लोकल गाईहरुलाई अब यस समितिले संरक्षण गर्ने समितिकी अध्यक्ष राजु राणाले बताउनुभयो ।

यस पवित्र भुमिमा यसरी पहिला कसैले पनि गाईहरु छोड्दैन्थे तर केही समय देखि वारीमा उब्जाउ गरेर वचाउन नसकिने तरिकाले दैनिक गाईको संख्यामा वृद्धि भएको र आफ्ना आगन जोडिएका वारीहरु उब्जाउ हिन बन्न पुगेको हुँदा पिढीमा वसेर गन्थन मन्थन गर्ने बाहेक केहि सिप लागेन। तानसेन नगर पालिका वडा न१४का उमेरले ८२वर्ष पुगेका राम जि प्रसाद खनालले भन्नु भयो ।

१०० ओटा गाई सम्म राख्न सकिने गौशालामा केहि घास पातको पनि जोहो गरेर राखियको गिरिले बताउनु भयो। यस आसपासमा झन्डै ८० वटा गाईहरु रहेको र अवको केहि दिन भित्रमा क्रमैसंग गौशालामा लैजाने तयारी गरिएको रुरु क्षेत्र गाउँ पालिका वडा न १ का वडा अध्यक्ष रामलाल बिकले जानकारी दिनु भयो।

उहाले भन्नु भयो यसै सेवालाई दीर्घकालीनरुपमा सञ्चालन गर्न आफुले पहिलो पटक गौ सेवा आश्रमको आजिवन सदस्य वापत रु ११ हजार १ सय एघार समितिलाई हस्तान्तरण गरेको वताउनुभयो।

यस्तै आफ्नो वडामा गौशाला बनेपछि कसरी सहयोग गर्न सकिएला भनेर तानसेन नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष कमल रानालाई जिज्ञासा राख्दा अर्गली सम्म भुमि उर्बराभुमी भएकाले सबै घर धुरिबाट घर दैलो जस्तै कार्यक्रम सन्चालन गरेर पराल, नरुवा ,मकैका डाठ , तथा सक्नेले आजिवन सदस्य साधरण सदस्य लियर यस महान अभियानलाई सहयोग गर्न सकिने प्रतिबद्धता जनाउनु भयो ।

यता गौशाला बनेको खबर सुनेर लामो समय देखि बाझा रहेका खेत बारी भएका किसानहरु खुसि भएका स्थानीय कृष्ण प्रासदभट्टराईको भनाइ छ ।

भट्टराईले अझै गौ-व्यवस्थापन हुन साथ बारीमा उन्न्त जातका तरकारीबाली मकै फलफुलका बिरुवा लगाउने योजना बनाइ सकेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार