पाल्पामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

46
SHARES
386
VIEWS

जेठ – ३१

पाल्पामा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामपुर नगरपालिका बस्ने ३५ वर्षिय नारायण कुमार मल्ल रहेका छन् ।
पक्राउ परेका मल्लले गत २८ गते बेलुका करिब ७ बजेको समयमा ६५ वर्षीया एक बृद्धालाई जबरजस्ती करणी गरेको जाहेरी दर्खास्त परेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता रामेश्वर त्वातीले जानकारी दिनु भयो।

आरोपित मल्ललाई पक्राउ गरेर थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार