स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु – ६ जना घाइते

115
SHARES
961
VIEWS

असार -२
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान भिरकोट नगरपालिका वडा नम्बर ४ दर्बुङ ठाटी स्थित भित्री सडक खण्डमा बानेथोकबाट बयारघारी तर्फबाट आउदै गरेको ग १ ज ४९४० नम्बरको जिप अचानक अनियंत्रित हुँदा सडकबाट ५ मिटर तल खस्दा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा परि भिरकोट नगरपालिका वडा नम्बर ३ का ३६ वर्षिय गणेशजंग अधिकारीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा भिरकोट नगरपालिका वडा नम्बर ३ का जिप चालक बिकास थापा, ४० वर्षका रेशम परियार , ४६ वर्षीया प्रतिमा परियार , ४८ वर्षका रुक बहादुर , २८ वर्षिया सोनि श्रेष्ठ र पुतलीबजार नगरपालिकाका २४ वर्षिया दिनेश परियार रहेका छन् । जिपमा ८ जना सवार रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार