चुरामणि तिमिल्सिना
असार -०३-रुपान्तरण नेपालले देशभरीनै १५ बर्ष भन्दा मुनिका बिद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरेको खुला बक्तृवकला प्रतियोगिता सम्पन्न गरेको छ ।
वातावरण दिवसको अवसर पारेर “वातावरणमा स्वच्छता -आजको आवश्यकता” भन्ने शीर्षकमा कार्यक्रम आयोजना भएको थियो। सामाजिक संजला प्रत्यक्ष लाइभबाट सहभागीताको नतिजा प्रकाशन गरेको ह। देश भरबाट १० जनाको सहभागिता रहेको प्रतियोगितामा गुल्मी चन्द्रकोट गाउँपालिका वडा नम्बर २ भञ्ज्याङ् स्थित श्री जनज्योती आधारभूत बिद्यालयकी कक्षा ५ मा अध्ययनरत छात्रा रीतिका गौतमले प्रथम स्थान हासिल गरेको आयोजकले घोषणा गरेको छ।
आफ्नै घर नजिकै रहेको आधारभूत बिद्यालयम अध्ययनरत गौतम गत बर्ष पनि यसै संस्थाले आयोजना गरेको “बालबालिकामा कोरोनाको प्रभाव” शीर्षकमा प्रथम स्थान नै हासिल गरेकी थिइन्।
बुवा घनश्याम गौतम र आमा तारादेवी गौतमकी कान्छी छोरी रीतिका सानै उमेर देखिनै पढाई-लेखाई , बौद्धिक प्रतिभा, नयाँ बिचारकी धनि, बिद्यालयकै अनुशासित छात्र रहेकी उनका बिद्यालयका प्रधानाध्यापक हरि नारायण शर्माले बताउनु भयो।
शर्माले गौतम यतिमा मात्र सिमित नभई चित्रकला, गायन नृत्य, नेतृत्वदायी भुमिका समेत बिद्यालयमा निर्वाह गर्ने गर्द्छिन ।
यसरी आफ्नो नाम सहित आफ्नो बिद्यालयको पहिचान बिश्वभर फैलाएको भन्दै प्रधानाध्यापक शर्माले गैतमालाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।
रुपान्तरण संस्थाले प्रथम, द्वितीय र तृतीय हुने सबैलाई प्रमाणपत्र तथा नगद पुरस्कार समेत वितरण गर्ने आयोजकले बताएको छ।
आयोजकले कुन-कुन बिषयमा बिद्यार्थीहरुले आफ्नो क्षमता देखाउन सक्छन र भाषण कलाको बिकास गर्न यसैगरी यो कार्यक्रम देश भरि आयोजना गरिएको जनाएको छ।
जसमा १० जनाले सहभागीता जनाएका थिए सबैका प्रतीभा उत्कृष्ट थिए तर सबैलाई बिजेता गराउन नसकेको र आगनी दिनहरुमा पनि यस्तै बिषयमा तयारी गरेर बस्न सहभागी सबैलाई आह्वान गर्नु भयो।
गौतमले आफुलाई यस स्थानमा ल्याउन सहयोग गर्नु हुने दिदि बिष्णु ,दाइ श्रीराम, घर परिवार र अग्रज लगायत आयोजकलाई धन्यवाद प्रदान गर्नुभयो ।
गौतमले फुर्सदको समय कसरि बिताउछिन ?
प्राय गरी गौतमले टेलिभिजनमा समाचार सुन्ने , मोबाइलबाट नयाँ कुराको जानकारी लिने कथा, कविता पढ्ने ? कबिता तथा गित लेख्ने, फुर्सदमा आमा र दिदीबाट घरमा हुने नयाँ काम सिक्ने गर्दै हिजो आज लकडाउन बिताउदै छिन् । अहिले उनि ६ मा पढ्न जाने तयारी पनि गरेकी छिन् ।
Discussion about this post