स्याङ्जाका काफ्लेले पाए क्यानडाको उत्कृष्ट नागरिक सम्मान ।

22
SHARES
186
VIEWS

असार -९

क्यानडा ः अन्टरियो प्रान्तभित्र रहेको ब्रम्टन शहरको सन २०२०÷२०२१ को उत्कृष्ट नागरिकका रुपमा स्याङ्जाका मित्र काफ्ले सम्मानित हुनु भएको छ ।

ब्रम्टन नगरले सन् २०२०÷२०२१ को उत्कृष्ट नागरिकहरूको छनौट गर्दै सम्मानित गरेको हो । कोभिड १९ को बिषम परिस्थितीमा समेत ब्रम्टन समुदायलाई सहयोग पुर्याउने नागरिकहरुको मुल्याङ्कन गर्दै नगर प्रमुख प्याट्रिक ब्राउन्लले नेपालका काफ्ले सहित ७ जनालाई उत्कृष्ट नागरिक घोषणा गरी सम्मान गर्नु भएको हो ।
झन्डै ११ बर्ष देखी क्यानडामा बसोबास गर्दै आउनु भएका काफ्लेको स्थायी घर स्याङ्जाको वालिङ नगरपलिका वडा नम्वर १ पर्दछ । काफ्ले क्यानडा देखी नेपाल सम्म बिभिन्न सामाजिक कार्यमा निरन्तर सक्रिय रहदै आउनु भएको छ।
क्यानडाको हरेक गतिविधि तथा बिकासको प्रगतिलाई गहिरो अध्ययन गरी राम्रोसँग बुझिसकेका र आफ्नो क्षमतालाई कुनै पनि परिस्थितीमा सदुपयोग गर्न सक्ने खुबी बनाउनु भएका काफ्लेलाई ब्रम्टन सरकारले उत्कृष्ट नागरिक घोषणा गरी सम्मान गर्नुले नेपाली समुदायमा नेपालीको पहिचान बनेको छ ।
एसियन मुलुकहरुका क्षमतावान दक्ष सामजसेबी नागरिकहरु मध्येबाट काफ्लेले उत्कृष्ट नागरिकको सम्मान पाउनु अन्तर्राष्ट्रिय नेपाली जगतमा नेपालीको पहिचानको चर्चा चुलिएको छ । क्यानडामा उद्यमी, राजनीतिक तथा समाजसेवीको रुपमा स्थापित काफ्ले घर जग्गाको लगानीकर्ता, सामाजिक, राजनीतिक तथा सामुदायिक कार्यकर्ता, मानव अधिकार तथा नागरिक अधिकारको क्षेत्रमा पनि विज्ञ पनि हुनुहुन्छ ।

काफ्लेको नेपालमा योगदान के छ ः
काफ्ले पछिल्लो समय नेपालमा पनि सामाजिक क्षेत्रमा सक्रिय रहदै आउनु भएको छ ।
‘गिड्स इन नेपाल–बिल्डिङ सेफ एण्ड हेल्दी नेपाल’ नामक संस्था मार्फत नेपालमा सामाजिक कार्यमा सक्रियता बढाउनु भएको । गिड्स मार्फत काफ्लेले नेपालमा मानव अधिकार,महिला ससक्तिकरण, बाल अधिकारको क्षेत्रमा काम गर्न शुरु गर्नु भएको छ । संस्थाले अन्तरदेशीय मानव तस्करीको न्युनिकरणका लागि समेत काम गर्न शुरु गरेको छ ।
स्याङजा जिल्लाको समग्र आर्थिक तथा सामाजिक परिवर्तनका लागि बिभिन्न अभियान शुरु गर्न लाग्नु भएका काफ्ले गैह्रसरकारी संस्था गिड्स इन नेपाल–बिल्डिङ सेफ एण्ड हेल्दी नेपाल’ को फाउन्डर तथा निर्देशक समेत रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार