चुरामणि तिमिल्सिना
असार -१२। पाल्पा -पाल्पाको रिब्दीकोट गाउँपालिकामा शत प्रतिशत अनुदानमा चार सहकारी संस्थाहरुलाई सामग्री वितरण गरिएको छ ।
रिब्दीकोट गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा कार्यक्रम गरिएको हो ।
यस गाउँपालिका भित्र रहेका लालुपाते सामाजिक उद्यमी महिला कृषि सहकरि संस्था लिमिटेड रिब्दीकोट ८ फेक जलेश्वर महिला बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड रिब्दिकोट ५ कुसुमखोला,भैरव महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वडा नम्बर ४ भैरबस्थान र दिदी बहिनी कृषक महिला सहकारी संस्था लिमिटेड रिब्दीकोट ३ फेक लाई शुक्रबार छुट्टाछुट्टै औपचारिक कार्यक्रमका साथ १ सहकारी १ इलोक्टोनिक कित्लि एक /एक दर्जन प्लास्टिकका कुर्चि वितरण गरिएको शाखा प्रमुख पबित्रा परियारले जानकारी दिनुभयो।
पालिकाका अध्यक्ष नारायण बहादुर जिसि प्रमुख अतिथि रहनु भएको थियो भने उपाध्यक्ष लक्ष्मी खनालको विशिष्ट आथिय्यता रहेको थियो ।
यस्तै कार्यक्रममा कार्यपालिका सदस्य लिला आचार्य , वडा नम्बर ३ का वडासदस्य शुक्र गैरे, कम्पुटर अपरेटर शिव जिसी अतिथि रहनु भएको भएको थियो।
वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष जिसीले सहकारी सस्थाले ग्रामीण भेगमा पुर्याएको योग्दानको चर्चा गर्दै हरेक किसिमका कार्यक्रम हरु सहकारीले आयोजना गर्दा पालिकाको सबै क्षेत्रमा सहयोग रहने र कुनै पनि बेला सहकारीलाई समस्या भएमा पालिकाले जुन सुकै सहयोग उपलब्ध गराउने बताउनु भयो।
महिला दिदी बहिनी सहकारी मात्र नभइ अन्य महिला संग सम्बन्धि तालिम,आयार्जन कार्यक्रम,क्षमता बिकास , महिला हिंसालाई सहजका साथ सम्पदान गर्न नयाँ-नयाँ प्रबिधिहरुको प्रयोग गरि कार्यक्रम समुदायमा सन्चालन गर्न आफुहरु निरन्तर लागि परेको बताउनुभयो।
Discussion about this post