पाल्पामा चोरीका घटना बढ्न थाले- एकै रात ७०,६०० चोरी

34
SHARES
286
VIEWS

असार-१७
पछिल्लो समयमा पाल्पामा चोरीका घटना बढ्न थालेको छ। जिल्ला प्रहरी कार्यलय पाल्पाले दिएको जानकारी अनुसार असार १६ गते जिल्लाको वडा कार्यलय , सहकारी कार्यलय , बिद्यालय तथा पसलबाट चोरी भएका छन् ।
मुझुङ कृषि सहकारी कार्यलयबाट चार हजार , रैनादेवी छहरा गाउँपालिका गाउँपालिका वडा नम्बर ५ को वडा कार्यलयबाट १६०० , श्री कालिका माविबाट ५०,००० र नेत्र बहादुर कार्कीको नास्ता पसलबाट ७००० र ८००० हजार बराबरको रिचार्ज कार्ड गरि ७०,६०० चोरी भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता लक्ष्मण पचभैयाले जानकारी दिनुभयो।

चोरीमा संलग्न भएको व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार