युकेमा रहनुभएका नेपाली दाजुभाइहरुको सामाजिक संस्था कालीगण्डकी सेरोफेरो समाज युके ( गल्याङ देखि रिडि ) स्याङ्जाका तिनवटा स्वास्थ्य संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाले कालीगण्डकी गाउँपालिकाद्वारा संचालित कालीगण्डकी अस्पताललाईन २ लाख २७ हजात ४०० प्रदान गरेको छ। उक्त रकमा संस्थाको प्रतिनिधिद्वारा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगरलाई प्रदान गरिएको हो।

यस्तै गरि कालीगण्डकी सेरोफेरो समाज युकेले गल्याङ नगर अस्पताल लाई रु १ लाख १० हजार अस्पताल प्रमुख थानपती न्यौपानेलाई हस्तान्तरण गरेको छ भने कालीगण्डकी गाउँपालिकाको बिर्घा स्वास्थ्य चौकीलाई पनि १ लाख १० हजार प्रदान गरेको छ। उक्त रकम स्वास्थ्य चौकीका अध्यक्ष तथा कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष चक्रपाणि पाण्डेलाई हस्तान्तरण गरिएको छ।
कालीगण्डकी सेरोफेरो समाज युकेका अध्यक्ष प्रेमसिङ राना र हेम थपाको सक्रियतामा रकम संकलन गरिएको हो।





















Discussion about this post