चुरामणि तिमिल्सिना
असार -२८
गुल्मीको रिडी रुद्रवेणी सडक खण्ड अविरल रुपमा परेको बर्षाले ५ दिन देखि अबरुद्ध बनेको छ। बाटो खुलाउन पहल प्रयास र काम गरिरहदा पनि पोखरे बगरमा आयएको पहिरोले सडक खुल्न नसकेको स्थानिय अशोक लश्रेष्ठले जानकारी दिनुभभयो ।
सडक सन्चाल्न गर्न सत्यवति गाउँ पालिकाका अध्यक्ष पारीस्वर ढकालले जिल्ला प्रशासन कार्यलय , समन्वयको कार्यलय, जिल्ला प्रहरी कार्यलय ,र छिमेकि पालिका संग समन्वय गरेर कालीगण्डकी करिडोरमा काम गरिरहेका मेसिनको प्रयोग गरी आफै नै बसेर काम गराएको बताउनुभयो आज दिनभरी पानी परेन भने सडक सन्चालन हुन सक्ने अध्यक्ष ढकालले बताउनुभयो।
लामो समय सम्म सडक सन्चालन नहुदा अस्लेवा मोचाकोट रुद्रबेणीका स्थानियहरुलाइ समेत पैदल यात्रा गर्न सास्ती भएको जनता माध्यमिक विध्यालयका शिक्षक बिष्णु प्रसाद पाण्डेले जानकारी दिनुभएको छ।
Discussion about this post