शुक्र, साउन १५, २०७८
शुक्र, साउन १५, २०७८

हिलोमा फसेको ट्याक्टर निकाल्ने गएको जिसिवी र ट्याक्टर पुरिदा एक जनाको मृत्यु

साउन -२
पाल्पा – वर्षायमको समयमा सडक हिलाम्मे हुने र सवारी साधन सञ्चालनमा असहज परिस्थिति सिर्जना हुनुलाई स्वाभाविक मानिदै आएको छ । यो समयमा विशेष गरि भित्री कच्ची सडक खण्डमा पहिरो र हिलोको कारण सडकमा यात्रा गर्न असहज हुँदै आएको छ। पहिरो र सडक चिप्लो भएका कारण यो समयमा सवारी दुर्घटनामा वृद्धि आएको छ। यसैबीच हिजो राती पाल्पामा हिलोमा फसेको ट्याक्टर उद्वार गर्न गएका दुईवटा जिसिबी र ट्याक्टर माथिबाट पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय पाल्पाले दिएको जानकारी अनुसार हिजो राती करिब ११: १५ बजेको समयमा तिनाउँ गाउँपालिका वडा नम्बर ६ डुम्रे स्थित भित्री सडक खण्डमा हिलोमा फसेको लु ४ ६६२९ नम्बरको ट्याक्टर निकाल्ने गर्ने क्रममा लु १ क २४९६ र लु १ क २४९७ नम्बरको जिसिबीमाथी पहिरो खस्दा एक जनाको मृत्यु भएको हो भने अन्य एक जना घाइते भएको हो। पहिरोमा परेर बासगडी नगरपालिका वडा नम्बर ४ बर्दियाका महेन्द्र उपनाम भएका मुमलाल पुन र रैनादेवी छहरा गाउँपालिका वडा नम्बर १ वस्ने २० वर्षीय लु २४९६ नम्बरको जेसिबीका चालक सरोज बुढा घाइते भएका थिए। घाइतेहरु मध्ये ट्याक्टरमा सहयोग काम गर्ने मुमलाल पुनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा आज बिहान करिब २:४५ बजेको समय मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ। दुर्घटनामा परि घाइते भएका टिप्पर चालक सरोज बुढाको अवस्था भने मध्यम रहेको छ । दुबै जेसिबी र ट्याक्टर घटना स्थलमा नै रहेको र उक्त दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार