वडा प्रहरी कार्यालय वालिङमा प्रदर्शन

28
SHARES
129
VIEWS


स्याङ्जाको वालिङमा वडा प्रहरी कार्यालय घेराउ सहित नारावाजी भएको छ । साउन २८ गतेदेखि बेपत्ता भएका वालिङ १०.का रोशन पौडेलको खोजी कार्यमा ढिला गरेको भन्दै वालिङमा नारवाजी सहित प्रदर्शन गरिएको हो । पौडेल साउन २८ गते साथीसँगै आँधिखोलामा पौडी खेल्ने क्रममा हराएका हुन् ।
बेपत्ता भएका पौडेलको परिवार,आफन्तजन र टोलबासीहरुले घटनाको सत्य तथ्य छानबिन सहित दोषीलाई कारबाहीको माग गर्दै वडा प्रहरी कार्यालय वालिङमा प्रदर्शन गरेका हुन् ।
वेपत्ता पौडेलसँगै आँधीखोलामा पौडी खेल्न गएका दुई जनाले घटनाको विषयमा फरक फरक बयान दिएको तर प्रहरीले घटनालाई गम्भिर रुपमा नलिएको उनीहरुले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार