रुरु गुल्मीमा विविध सामग्री वितरण

18
SHARES
148
VIEWS

चुरामणि तिमिल्सिना
साउन -१७। गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी गुल्मीमा विभिन्न सामग्रीहरु हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।मुख्य मन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत आयोजना गरिएको हो वितरण कार्यक्रममा १९ जनालाई प्राथमिकताका आधारमा सामग्री हस्तान्तरण गरिएको वडा न१ का वडा अध्यक्ष रामलाल बिकले जानकारी दिनुभयो। फरक क्षमता भएकालाई सहायता सामग्री , बिद्यालयहरुलाई फिल्टर गर्भवति महिलालाई इलोक्टोनिक जग प्रदान गरिएको थियो । वितरण कार्यक्रममा वडा अध्यक्ष रामलाल विकको अध्यक्षता रहेको यस्तै अतिथिहरुमा वडा सदस्यहरु फर्सुराम ज्ञवाली शालिकराम ज्ञवाली , कार्यपालिका सदस्य भगवती बराल रहनु भएको थियो। कार्यक्रमको सञ्चालन वडा सचिब राम प्रसाद ज्ञवाली गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार