पाल्पामा आत्महत्या गर्नेहरुको सङ्ख्या बढ्दो

37
SHARES
309
VIEWS

असोज -२६
पाल्पामा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको छ। एक महिनाको अन्तरालमा आत्महत्या गर्नेहरूको सङ्ख्या ८ जना भन्दा बढी रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले उपलब्ध गराएको तथ्यांकले देखाएको छ।

आत्महत्या रोकथाम गर्नको लागि बिद्यालय , क्लब , आमा समूह तथा विभिन्न संघ संस्थाहरुसंग समन्वय आत्महत्या रोकथामका कार्यक्रम गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनु भयो। आत्महत्याका कारणहरु यकिन गर्न नसकिए पनि यस्को प्रमुख कारण डिप्रेसन हुन सक्ने भएकोले सो सम्बन्धि जनचेतनामूलक भिडियो नेपाल प्रहरीको युटुब च्यानल मार्फत भिडियो प्रसारण गरिएको प्रहरी नायब उपरीक्षक त्वातीले जानकारी दिनु भयो। आत्महत्या रोकथमाका लागि जिल्ला प्रहरी कार्यलय पाल्पाले जनचेतना मूलक सामग्री सामाजिक संजालमा प्रसारण गर्ने कार्य भैरहेको प्रहरी नायब उपरीक्षक त्वातीले जानकारी दिदै जिल्ला।

पाल्पामा गत एक महिनमा आत्महत्या गर्नेहरु १७ -७५ उमेर समुह भित्रका रहेका छन् । जिल्ला प्रहरी कार्यलय पाल्पाले दिएको जानकारी अनुसार आज बिहान थप एकजनाले झुन्डिएर आत्महत्या गरेकि छिन् । जिल्लाको रामपुर नगरपालिका वडा नम्बर १ कि ३० वर्षीया बिष्णु माया खाम्चाले आफ्नै घरमा झुन्डिएर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार