सोम, मंसिर २०, २०७८
सोम, मंसिर २०, २०७८

स्याङ्जामा जिप दुर्घटना हुँदा ५ जना घाइते

असोज -३०
स्याङ्जामा आज दिउँसो बोलेरो जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। गुल्मीको हर्मिचौरबाट बुटवलतर्फ जादै गरेको लु ३ च ४१९१ नम्बरको जिप स्याङ्जाको जिरो भन्ने स्थानमा सडकबाट करिब १५० मिटर तल खस्दा उक्त दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रहरी निरीक्षक अर्जुन बिकले जानकारी दिनु भयो। जिपमा सवार ६ जना मध्ये ५ जना घाइते भएकोमा मध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उनी हरुलाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रिफर गरिएको प्रहरी निरीक्षक अर्जुन बिकले जानकारी दिनु भयो। दुर्घटनामा परि गम्भीर घाइते हुनेहरुमा कालीगण्डकी गाउँपालिका वडा नम्बर -१ हर्मीचौर गुल्मका सन्तोष पाण्डे रमेश पाण्डे र सृजना भण्डारी रहेका छन् । दुई जना घाइतेहरु सामन्य उपचार पछि घर फर्किएका छन् । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार