गुल्मीमा स्थानीय युवाहरुले गरे खेल मैदानको मर्मत सम्भार

113
SHARES
327
VIEWS

सुन्दर कसजु गुल्मी (भदौ -२०) मर्मत संभार र संरक्षणको अभावमा गुल्मी रिडिको खेल मैदान खेलकुद गतिबिधिका लागि असहज भए पछि मैदानको स्थानिय युवाहरु द्वारा दैनिक पैसा संकलन गरेर मर्मत गरिएको छ। रिडि फुटबल समुहको पहलमा मर्मत गरिएको यो मैदानको आसपासमा झाडी बनेको र पानीका कारण खाल्डा परेको कारण खेलकुद गतिबिधी गर्न असहज भए पछि डोजर लगाएर मैदान सम्याइएको छ। यसको मर्मतका लागि फुटबल टिमका युवाहरुले दैनिक २५ रुपैया संकलन गरिएको र आफ्नो शुभचिन्तकहरुको आर्थिक सहयोग र जनश्रमदान मार्फत लगरिएको प्रयास कसजूले बताउनु भएको छ। यो मैदानमा फुटबल, क्रीकेट, ब्याडमिन्टन लगायतका विभिन्न खेलकुदका गतिबिधी गरिदै आएको छ। साथै यहि मैदानमै विभिन्न साँस्कृतिक, धार्मिक, सामाजिक लगायतका ठुला ठुला कार्यक्रमहरु गरिदै आएको छ। यो मैदानको निर्माण तथा स्थापना रिडिकै रुरु फ्रेन्डस क्लबले गरेको हो।

तस्वीर : सुन्दर कसजु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार