कार्तिक -२७
पाल्पाको माथागढी गाउँपालिकामा निशुल्क मुटु परिक्षण स्वास्थ्य शिविर सम्पन्न भएको छ। सेभ द हार्ट लाजिम्पाट काठमाडौको आयोजनामा , माथागढी गाउँपालिका झडेवा पाल्पाको सह-आयोजना तथा मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टर त्रिवि शिक्षण अस्पताल काठमाडौको प्राविधिक सहयोगमा आयोजना गरिएको उक्त स्वास्थ्य सिविरमा २, ७९५ जनाको स्वास्थ्य परिक्षण गरिएको माथागढी गाउँपालिकाका पाल्पाका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिनु भयो।
उक्त शिविरमा नेपालकै चिकित्सा क्षेत्रमा अब्बल मानिएका डा. भगवान कोईराला सहितको टिमले स्वास्थ्य परिक्षणमा सहभागी जनाउनु भएको प्रशासकीय अधिकृत ज्ञवालीले जानकारी दिनु भयो। शिविरमा १६२ जना महिला र २६६ जना पुरुषको इसिजी र १८७ पुरुष जना महिला १९४ जनाको इको गरिएको समेत अधिकृत ज्ञवालीले जानकारी दिनु भयो।
परिक्षण गरिएकाहरु मध्ये ४३ जनाको मुटु सम्बन्धि शल्यक्रिया गर्नुपर्ने देखिएको छ। स्वास्थ्य शिविरमा सहभागीहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो।
साथै शिविरको आयोजना गरेको संस्था सेभ द हार्ट लाजिम्पाटले १८ बर्ष मुनिका बालवालिकाहरुको निशुल्क अपरेसन सहितको सम्पूर्ण उपचार सेभ द हार्ट संस्थाको समन्वयमा निशुल्क गरिने संस्थाले जानकारी दिएको छ।
पछिल्लो समयमा खानपान र अस्वस्थकर जीवनशैलीका कारण मुटु रोगीहरुको सङ्ख्या बढ्दो क्रममा रहेको छ।
Discussion about this post