ट्याक्टर चोरीमा संलग्न झापाका एक युवक पक्राउ

15
SHARES
129
VIEWS

कार्तिक -२९
ट्याक्टर चोरी गरेर फरार रहेका झापाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विर्तामोड नगरपालिका वडा नम्बर ९ का राजेश राय क्षेत्री रहेका छन् ।

जिल्ला प्रहरी कार्यलय पाल्पाले दिएको जानकारीका अनुसार गत कार्तिक २४ गते राजेश्वरी कन्स्ट्रक्सन प्रा. लि. को नाममा दर्ता रहेको लु ४ त ६९८६ नम्बरको न्यु होल्याण्ड ट्याक्टर पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ६ खारापानीबाट हराएको थियो।

हराएको ट्याक्टर जिल्ला प्रहरी कार्यलय तनहुँको समन्वयमा कार्तिक २६ गते तनहुँबाट फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ। ट्याक्टर सहित पक्राउ परेका झापाका राजेश राय क्षेत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य भइरहेकै प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार