पशुपतिनाथ मन्दिरको दर्शन गरी आजको राशिफल हेर्नुहोस्

17
SHARES
140
VIEWS

मेष – (चु, चे, चो, ला, ली, लु, ले, लो, अ)
विगतका कर्मको उचित प्रतिफल पाइनेछ । सहयोगीहरू जुट्नेछन् भने अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ । नयाँ योजनाका साथ नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ । हिम्मतले जटिल कामसमेत सम्पादन गर्न सकिनेछ । मेहनतले दैनिकीमा परिवर्तन आउनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ ।

वृष – (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)
अवसरका लागि दौडधुप गर्नुपर्नेछ । बेसुरको निर्णयले पछिलाई समस्या पर्न सक्छ । छिमेकमा असमझदारी बढ्नेछ । आफन्तबाट टाढा रहनुपर्ला । आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । चिताएका काम गर्ने क्रममा बाधा आउन सक्छ । सानो कामलाई अधिक खर्च हुनेछ । अर्थ अभाव टार्न कर्जा लिनुपर्ला ।

मिथुन – (का, की, कु, घ, ङ, छ, के, को, हा)
आंशिक लाभांश अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ । तापनि परिश्रमको फल प्राप्त हुने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । दिगो काममा लगानी गर्ने मौका छ । तर उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । पहिलेकाे नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला ।

कर्कट – (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
स्वास्थ्य-चिन्ताले अध्ययनमा बाधा हुनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ । तर, नयाँ काम थाल्न उचित समय पर्खनुहाेला । आफ्नाे लाभांशमा अरूले दाबी गर्न सक्छन् । अवसर प्राप्त भए पनि केही चुनाैती सामना गर्नुपर्ला । चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ । आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउन सक्छन् ।

सिंह – (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ । काम गरेर नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ । कर्तव्यपरायण रहनुहोला । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । मिहिनेत गर्दा कार्यसिद्धिको समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउनेछ ।

कन्या – (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)
व्याहारिक अलमलले काममा बाधा पुर्याउन सक्छ । काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूबाट धाेका पाइनेछ । दोहोर्याएर प्रयत्न गर्दा पहिले रोकिएको काम बन्न सक्छ । हतारको निर्णयले समस्या निम्त्याउनेछ । अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला । बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ ।

तुला – (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । विवादास्पद जिम्मेवारी आउला । सावधानीले मात्र कार्यसिद्धि हुनेछ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा भने सामान्य फाइदा भइरहनेछ ।

वृश्चिक – (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ ।

धनु – (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे
आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन् । लगनशीलताले मात्र आंशिक सफलता प्राप्त हुनेछ । अरूको उपकार गर्न सकिनेछ । उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला । काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ । धेरै समय अरूका लागि जुट्नुपर्नेछ । लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ ।

मकर (भो, जा, जी, खी, खु, खे, खो, गा, गी)
कामको चाप बढ्नेछ भने बाध्यात्मक परिस्थितिले पनि अलमल्याउन सक्छ । मिहिनेतकाे प्रतिफल भने प्राप्त हुनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूकाे साथ–सहयाेग पाइनेछ । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला ।

कुम्भ – (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । सहयोगीहरू जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । लामो यात्राको प्रक्रिया पनि अघि बढ्नेछ । प्रयत्न गर्दा स्रोतसाधन जुटाउन सकिनेछ । पछिका लागि लगानी गर्नुपर्ने समय छ । खर्च लागे पनि उपलब्धिले दिन उत्साहजनक रहनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ । घुमफिर तथा मनोरञ्जनकाे समय छ । पहिलेको सफलताले हौसला जगाउनेछ भने काममा साथ दिनेहरू फेला पर्नेछन् । रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार