गुल्मीको सत्यवतीमा जेष्ठ नागरिकका लागि स्वास्थ्य प्रवद्वन कार्यक्रम सम्पन्न

40
SHARES
331
VIEWS

चुरामणि तिमिल्सिना
पुस- ३ गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर १ श्रीराम मन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा जेष्ठ नागरिकको लागि स्वास्थ्य प्रबर्द्धन सेवा कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकार स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्वास्थ्य निर्देशनालय र गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र तम्घासको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । स्वास्थ्य केन्द्रका अध्यक्ष माधव बस्यालको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समिती गुल्मीकी उप-प्रमुख तुल्सी कुमारी श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

यस्तै गरि आश्रमाधिपति स्वामी नारायणानन्द सरस्वती, समितिका पुर्व अध्यक्ष नामदेव पाण्डे विशिष्ट अथिती रहनु भएको थियो। स्वास्थ्य केन्द्रका बैध निरीक्षक चन्द्र भुसालको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रमुख अथिती उप प्रमुख श्रेष्ठले जेष्ठ नागरिकका लागि यस्ता कार्यक्रम उपयुक्त भएकोले समय समयमा घुम्ती शिविर संचालन गर्न आग्रह गर्नु भयो ।

समापन सत्रमा आश्रममा रहनु भएका सम्पुर्ण कल्पबासी आमाहरु , सन्त पुजारी लगायतलाई स्वास्थ्य परिक्षण गरि विभिन्न प्रकारका स्वास्थ्यवर्द्वक आयुर्वेदिक औषधि वितरण गरिएको थियो । कार्यक्रमको संचालन रिडी आयुर्वेदिकका प्रमुख कविराज दिक्षा भण्डारीले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार