पाल्पामा जिप दुर्घटना हुँदा ५ जना घाइते , २ जनाको अवस्था गम्भीर

59
SHARES
490
VIEWS

पुस -१९
पाल्पामा आज बिहान जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जिल्लाको पूर्वखोला गाउँपालिका वडा नम्बर ६ लाकिरी स्वारा सेर्काबास हेक्लाङ भित्री सडक खण्डमा लु १ ज २६०७ नम्बरको जिप सडकबाट अन्दाजी १५० मिटर तल खस्दा उक्त दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ। दुर्घटनामा परि जिपमा सवार ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा पूर्वखोला गाउँपालिका वडा नम्बर ६ हेक्लाङका टेक बहादुर पल्ली सोही स्थानका पूर्ण बहादुर फाल , चिरञ्जीवी सारु , प्रेम सिंजाली र पवित्रा सारु रहेका छन् । घाइते हरुमध्ये पूर्ण बहादुर सारु र चिरञ्जीवी सारुको अवस्था गम्भीर रहेको छ। दुवै जनाको टाउकोमा गम्भीर चोट लागेको अस्पताल स्रोतले जनाएको छ। घाइते सवै जनाको युनाइटेड अस्पताल मिसन अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार