काठमाडौं,माघ ११
सिटिईभिटिले लिन लागेका सबै परीक्षाहरु शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्थगित गरेको भन्दै सिटिईभिटीकी एक विद्यार्थी सविता थापाले स्थगित नगर्न आग्रह गरेकी छन् ।
मंगलबार शिक्षमन्त्रीलाई एक खुला पत्र लेख्दै विद्यार्थी थापाले नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमणको दुइै बर्ष वितिसक्दा पनि बैकल्पिक माध्यमको खोजी नगरी परीक्षा स्थगीत गर्नु दुखद रहेको उनले बताएकी छन् ।
सिटिइभिटी जस्तै प्राविधिक विषयको परीक्षामा प्रविधिको प्रयोग गर्न नसक्नु सरकारके लाजमर्दो विषय रहेको समेत उनले जनाएकी छन् ।
सरकारले चाडै बैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न उनको माग छ ।
Discussion about this post