चुरामणि तिमिल्सिना
माघ-११
पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली कुसेनिमा दैनिक बाघको आतंक बढेको छ। कुसेनी मगर बस्ती , विद्यालय परिसर र घर आगनमा बाघ आउने कराउने गर्दा गाउँनै आतंकित भएको आनन्द परियारले जानकारी दिनु भयो ।
उहाँले अहिले केही दिनमा आफ्ना खोरमा बढी तौल भएका धुनेका खसी बोका कुकुरहरु समेत बाघले संघसाझ नै खोरबाट निकालेर र बनमा चराउन लैजादा बाघले खायको बताउनु भयो । लामो समय देखि बाघ बाट हैरानी खेप्दै आएका कुसेनिका परियार टोल र बाहुनगाउँमा अहिले सम्म आफुहरुले निकास नपाएको स्थानिय गोबिन्द ज्ञवालीले जानकारी दिनुभयो ।यसरी लगातार आतंकिफ हुने हो भने गाउँमा बस्न पनि नहुने आफ्नो बास नै नहुने परियारले बताउनु भएको छ।
Discussion about this post