गुल्मीको सत्यवतीमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम प्रभावकारी बन्दै

42
SHARES
350
VIEWS

चुरामणि तिमिल्सिना

माघ -१६
गुल्मीको सत्यवति गाउँपालिकाका सबै वडाहरुमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लागू भए सङै निम्न बर्गका परिवारलाई ठूलो राहात भएको पालिकाका सामाजिक बिकास समितिका संयोजक तथा वडा न १ का वडा अध्यक्ष भिमलाल पाण्डेले जानकारी दिनुभयो । पालिकामा २८६ जनाले प्रत्यक्ष रुपमा रोगार पायको , पालिकाको समय मिलाउदै सिङ्गो टिम नै सबै वडाहरुमा अनुगमन पनि गरिरहेको प्रमुख प्रशासकीय अधिकृत झवीस्वर रेग्मीले बताउनु भयो। उहाँले यश रोजगारमा बढी मात्रमा वैदेशिक रोजगार बाट फर्कियका युवाहरु र निम्न आय बर्ग भएका परिवारहरुको सहभागीता रहेको र यश बर्ष केही रकम वृद्धि हुँदा रोजगार दाताहरु खुसि पनि भएको बताउनु भयो।

दैनिक ५७७ का दरले १०० दिनसम्म रोजगारदाताले काम पाउने छन ।अहिले नालि निर्माण , मर्मत मठमन्दिर सरसफाइ , कुलो निर्माण, चौपारी, गोरेटो बाटो निर्माण तथा मर्मत हुनुका साथै पुर्वधार निर्माणका काम गर्दै अगाडी बढेको पालिकाका अध्यक्ष पारीस्वर ढकालले जानकारी दिनुभयो ।

यस्तै उपाध्यक्ष सुबर्ण सेचन शाहीले बिगतका बर्षहरुमा पनि यश कार्यक्रमबाट ढुङ्गा छाप्ने , पानीका पाइपहरुलाइ दीर्घकालीन बनाउन व्यवस्थापन गर्ने , साना पहिरोमा जार ,ताली र ढुङ्गाको पर्खाल लगाउने जस्ता कार्य गर्दा समुदायलाई प्रत्यक्ष फाइदा पुगेको बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार