देउवाले ओलीलाई प्रधानमन्त्री बनाउने तयारी गरेपछि प्रचण्डले निकाले यस्तो जुक्ति

15
SHARES
127
VIEWS

काठमाडौं । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका नेताहरुले आफूहरुप्रति लक्षित गर्दै अपमानजन ढंगले बोलेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुनासो गरेका छन्।

माओवादी र समाजवादीको अस्तित्व जोगाइदिनका लागि आफूहरुले छहारी दिएको कांग्रेस नेताहरुले बताइरहेका बेला प्रचण्डले त्यसप्रति आपत्ति जनाएका हुन् ।

ललितपुरको गोदावरीमा बुधबार बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले उनले कांग्रेसका नेताहरुले गरेको अपमानजनक टिप्पणी सहन नसकिने बताए ।

प्रत्यक्ष निर्वाचनमा आफूहरु कांग्रेस अझै १० सिटले सानो रहेको भन्दै उनले आफूभन्दा सानो पार्टीलाई बोकेर आफूहरुले सिंहासनमा राखेको बताए ।

उनले भने, ‘सिंहासनमा बोकेर लैजाने हामीलाई नै अपमानित गर्नेरु यो अपमान हाम्रा लागि सह्य हुन सक्दैन।’

बमकांग्रेस उपसभापति धनराज गुरुङले केही दिनअघि माओवादी र नेकपा एकीकृत समाजवादीलाई चमेरोको संज्ञा दिएका थिए। उनले कांग्रेसलाई हात्ती भन्दै उनीहरु ओत लाग्न आएको बताएका थिए।

आफूले पहिलेबाटै अमेरिकी सहायता परियोजना एमसीसी संशोधन नगरी पास नगर्ने पक्षमा आफूले अडान लिएको पनि बताएका छन्। उनले व्याख्यात्मक घोषणालाई एमसीसीमा संशोधनकै रुपमा लिनुपर्ने पनि बताए।

‘प्रधानमन्त्री देउवाले केपी ओलीलाई प्रधानमन्त्री बनाएर भए पनि एमसीसी पास गर्छु भन्नुभयो। त्यसपछि हामी व्याख्यात्मक घोषणाको उपायमा गएका हौँ’, उनले भने, ‘व्याख्यात्मक घोषणापछि संसदबाट पास भएर एमसीसी कार्यान्वयनमा गएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार