फागुन -२९
पाल्पामा आज दिउँसो करिब ३:१५ बजेको समयमा बस र हाइएस एक आपसमा ठोकिदा १३ जना घाइते भएका छन् । गुल्मीबाट पाल्पा तर्फ जादै गरेको बा ५ ख २२८७ नम्बरको हाइएस र पाल्पाबाट गुल्मी तर्फ जाँदै गरेको लु १ ख ९७९४ नम्बरको बस रिब्दीकोट गाउँपालिकाको सिरुखर्कमा ठोकिदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ। दुर्घटनामा परि हाइएसमा सवार १२ जना र बसमा सवार एक जना घाइते भएका छन् । घाइते हुनेमा हरुमा गुल्मी मुसिकोटका २९ वर्षीय अम्बिका परियार , इस्मा गाउँपालिका वडा नम्बर ६ कि ७१ वर्षीया दिपकला पोखरेल ,पर्सा बिरगंजका संदिप शाह , सोही स्थानका आनन्द सोनार , गुल्मी रेसुङगाका महेश पन्थी , हेमलाल पन्थी , कपिलवस्तु बाण गंगा नगरपालिकाकि सरस्वती कुँवर , सप्तरीका रोहित कुमार शाह , गुल्मी इस्माकी सारदा पछाइ , प्रेम बहादुर पछाइ , रुरु गाउँपालिका वडा नम्बर ५ का ४० वर्षीय हाइएस चालक विष्णुप्रसाद श्रेष्ठ ,गुल्मी छत्रककोट वडा नम्बर २ का शिव गाहा र बसमा सवार वर्दघाट नगरपालिका वडा नम्बर ५ का विशाल नेपाली रहेका छन् । घाइते सवै जनाको पाल्पाको युनाइटेड मिसन अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको हाइएस बस र बसचालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Discussion about this post