जोहाङ गुल्मीको स्वास्थ्य चौकि जीर्ण भवनवाट सेवा दिइदै

18
SHARES
148
VIEWS

२०५२ सालमा स्थापना भएको जोहाङ स्वास्थ्य चौकीको छानोले पानी छेक्दैन । समयमा मर्मत सम्हार हुदाँ भवन जीर्ण बन्दै गएको छ । भवन नहुँदा साँघुरो र जीर्ण भवनमा प्रशासन, स्टोर, स्वास्थ्य परिक्षण, ड्रेसिङ र सुरक्षित मातृत्वका सबै काम गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यचौकी इन्चार्जले बताएका छन्।

भवनमा पपानी चुहिने र मुसाले फाइल काट्ने समस्याले सेवा प्रवाहमा थप जटिला हुनेगरेको उनले बताए । जोहाङ स्वास्थ्यचौकीसँगै सत्यवतीका तीन स्वास्थ्यचौकीका भवन अलपत्र छन् ।

संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीमार्फत ०७६ सालमा सत्यवती गाउँपालिकाका तीन स्वास्थ्यचौकी निर्माणको लागि डी.एण्ड.डी कन्स्ट्रक्सनले निर्माण सम्झौता गरेको छ ।

तर, निर्माण व्यवसायीको काम सुस्ताएका कारण सत्यवती गाउँपालिका ४, ५ र ६ वडाका क्रमश लिम्घा, हँसरा र जोहाङ स्वास्थ्यचौकीको स्टक्चरबाहेकको काम भएको छैन । पछिल्लो एक वर्ष काम नै नभएपछि स्थानीयले निर्माण व्यवसायी र कार्यालयको आलोचना गर्न थालेको सत्यवती गाउँपालिका ६ जोहाङका युवा सुभाष न्यौपानेले बताए ।

एउटै निर्माण व्यावसायीलाई तीनवटा ठेक्का पाएका छन् । ठेक्का लिने, तर काम नगर्ने प्रवृत्तिले नागरिक र कार्यालय पनि आजीत हुने गरेका छन् । संघीय आयोजना कार्यान्वय इकाई रुपन्देहीका इन्जिनियर टीका थापाले भने निर्माण व्यवसायीले समयमै काम नगरेकाले समस्या आएको बताए ।

उनले तीनवटै स्वास्थ्यचौकीको काम डी।एण्ड।डी कन्स्ट्रक्सनले गरिरहेको र सबैको काममा ढुलासुस्ती भएको विषयमा कार्यालय गम्भीर भएर निर्माण व्यवसायीलाई अन्तिम ताकेता गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार