रिब्दीकोट गाउँपालिका पाल्पाको नवनिर्मित प्रशासनिक भवन रिवन काटेर उत्घाटन

32
SHARES
269
VIEWS

चुरामणि तिमल्सिना चैत्र :१५
गुणस्तरीय आर्थिक भौतिक सामाजिक बिकासको माध्यम द्दुरा समृद्द रिब्दीकोट भन्ने मुल नाराका साथ अगाडी बढेको रिब्दीकोट गाउँपालिकाले भब्य कार्यक्रमका साथ पालिकाका अध्यक्ष नारायण बहादुर जि सि र उपाध्यक्ष लक्ष्मी खनालले नव निर्मित प्रशाकीय भवनको पानसमा दिप प्रज्वलनसंगै रिबन काटेर उत्घाटन गर्नु भएको छ।
उत्घाटन सत्रमा कार्यक्रममा स्वागत गर्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले पालिकाले प्रदान गर्ने कुनै पनि सेवा सुबिधामा कमि नगरी सेवा प्रवाहामा चुस्त दुरुत बनाउने ,साधन श्रोत पहिचान गरि पालिकालाइ बिकाशको गतिमा लैजाने, यस पालिका बासिमा काम गर्दा कानुनको दायरामा रहि कार्य सम्पादन गर्ने, जुन क्षेत्रमा बिनियोजन गरिएको रकम उही क्षेत्रमा लगाउने प्रतिबद्धता जायर गर्नुभयो।
समारोहमा विभिन्न राजनैतिक दलका प्रमुखहरु , जन प्रतिनिधिहरु ,सामाजिक संघसस्थाका प्रमुखहरु ,बौद्धिक बर्ग सुरक्षा निकाय पत्रकार, कर्मचारीबर्गहरु लगायतको आथित्यता रहेको थियो। उत्घाटन सत्रमा लेखा अधिकृत मन्जु पन्थिले पालिकाको टेन्टर आहान देखि हाल सम्म गरेका गतिविधिमा प्रकाश पार्दै १करोड ८७ लाख २९ हजार ६ सय १० रुपिया निर्मामा खर्च गरेको र अझै थप रकम बिनियोजन गरि आकर्षक थप ब्यबस्थापन गर्ने बताउनु भयो । कार्यक्रममा शुभकामना सन्देश दिदै पालिकाका प्रभक्ता तथा वडा न ३ का वडा अध्यक्ष बिष्णु प्रसाद खनालले यस पालिका सम्रचनाको विषयमा प्रष्ट पार्दै इतिहास लाई जोड्नु भएको थियो।
समारोहमा निर्माण व्यावसायिक राजेन्द्र केसीले आर आर सि कम्पनीले समयमा काम सकेको दाबी गर्दै नियम र कटिबद्द डिजाइनमा रुपमा हरेक कार्यहरु सम्पदान गरेकोले आगमी योजनाहरु पनि आफनो कम्पनीले गर्न सक्ने बताउनु भयो । शुभकामना सन्देश दिदै सबै बक्ताहरुले नव निर्मित प्रशासकीय भवन बाट पालिकाले छोइएका सडकहरु पिच हुनु पर्ने , भवनको संरक्षण हुनु पर्ने ,सेवामा दलको भावना नराखी मुस्कान सहित सबैलाई सेवा प्रवाह गर्नु पर्ने , दुर्दराजका बस्तिमा आबश्यकता अनुसार स्थानिय सरकारले प्रदान गर्ने सेवामा कमि नगर्ने स्वास्थ जस्तो क्षेत्रमा बजेट बढी विनियोजन गरिनु पर्ने धाराण प्रस्तुत गर्नु भएको थियो थियो।
समापन सत्रमा बोल्दै अध्यक्ष जि सि उपाध्यक्ष खनालले पाच बर्ष सम्म गाउँपालिकाले गरेका महत्त्वपूर्ण कामको चर्चा गर्दै हरेक घर धुरिमा गरेका कामको ब्रोसर उपलव्ध गराउने न्यान सम्पदानमा कमि नभएको हरेक पुर्बाधारहरु निर्माण गर्दा विपक्ष दललाई नै कार्यक्रम सम्योजक बनाइ कार्य सम्पदान गरेको कोभिड जस्ता महामारिमा स्वास्थलाई मध्यनजर गर्दै सिङ्गो पालिका टिम नै लागेर अगाडी बढेको बताउनु भयो शिक्षा शाखा प्रमुख मणि खनालले यस कार्यक्रम संचालन गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार