चुरामणि तिमिल्सिना
चैत -१९ गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर १ ठुला बगरमा सात दिने राष्ट्र शान्ति ज्ञान महायज्ञ तथा ऐतिहासिक सप्ताहाज्ञान महायज्ञको विभिन्न कार्यक्रमका साथ शुभारम्भ गरिएको छ । ठूलो बगर कालीगण्डकी नदिको तटमा आज देखि सुर भएको सप्ताहामा मुख्य बाचक पण्डित रमेश प्रसाद सुबेदीले कथाप्रवचन गर्ने कार्यक्रम रहेको छ ।
शुभारम्भ कार्यक्रमको अध्यक्षता हिम लाल कुवर यस्तै प्रमुख अतिथी धार्मिक अभियानता तथा समाजसेबि पदम प्रसाद पाण्डे , यस्तै विशिष्ट अतिथिहरुमा सह सन्कल्प कर्ता देवनयन नारायण लामिछाने सत्यवति गाउँपालिकाका अध्यक्ष पारीस्वर ढकाल , यस्तै धार्मिक अभियनता गृह लक्ष्मी पाण्डे , सामाजिक अभियन्ता अर्जुन कनौजे हुम प्रसाद ज्ञवाली , बलराम अधिकारी रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथी मुख्यबाचक रमेश प्रसाद सुबेदिले कार्यक्रम माथी प्रकाश पार्दै यस्ता यज्ञअझै ४ वटा बाकी रहेको र कार्यक्रम समापन पछी पैदल यात्रा दामोदर कुण्ड सम्म रहने बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी धार्मिक अभियानता पाण्डेले कला सस्कृती रहन सहन प्रम्पराको संरक्षण गर्दै ओझेलमा परेका धार्मिक मठमन्दिर गुफा देवालय ,आश्रम धुनी क्षेत्रको प्रचारप्रसारमा ठूलो टेवा पुग्ने बताउदै यश कार्यक्रममा११ ओटा यज्ञको कर्ता बनेको घोषणा गर्दै आर्थिक रकम प्रदान गर्नु भयो ।
यस्तै उहाँले यश परिसरमा गायत्री मन्दिर निर्माणका लागि २ लाख , दिगो बिकास व्यवस्थापन गर्न अक्षयकोष पापत रु ५ लाख र प्रत्येक पुणिमा भणडाका आगि ५० हजार समेत प्रदान गर्नु भयो ।
कार्यक्रममा श्रीकुँवरले स्वागत गर्दै मन्दिरको महिमा र कार्यक्रम सफल पार्न सबैलाई आग्रह गर्नु भयो। कार्यक्रमको सन्चालन धार्मिक अभियन्ता डिल्ली राज पाण्डेले गर्नु भएको थियो।
Discussion about this post