नमूना खोर निर्माण तथा खोर सुधारका लागि बाख्रापालक किसानलाई अनुदान वितरण

28
SHARES
232
VIEWS

चितवनको इच्छाकामना गाउँपालिकाले नमूना खोर निर्माण तथा खोर सुधारका लागि बाख्रापालक किसानलाई अनुदान वितरण गरेको छ । किसानको आर्थिक समृद्धिमा पनि सघाउ पुर्‍याउने उद्देश्यले गाउँपालिकाले बाख्रापालक किसानलाई अनुदान रकम वितरण गरेको हो ।

मंगलबार गाउँपालिकी अध्यक्ष गीताकुमारी गुरूङले वडा नं-१ का ३३ जना बाख्रापालक किसानलाई जनही १० हजारका दरले रकम वितरण गरेको हुन् । उनले वडा नं-१ को ज्यान्दाला, तोवाङ र मेत्राङका बाख्रापालक किसानलाई अनुदान रकम हस्तान्तरण गरेकी छिन् ।

यसैबीच उत्कृष्ट खोर निर्माण गर्ने तीन समूहलाई २५ हजारका दरले रकम हस्तान्तरण गरिएको छ । गाउँपालिकाका ७ वटै वडामा ५२ बाख्रापालक कृषक समूह निर्माण गरी काम भइरहेको छ ।

हालसम्म ३९ बाख्रापालक किसानलाई रकम वितरण गरिसकिएको अध्यक्ष गुरूङले बताइन् । गाउँपालिकाका ५२ समूहका १३० बाख्रापालक किसानलाई नमूना खोर निर्माण तथा खोर सुधारका लागि अनुदान दिइने अध्यक्ष गुरूङले जानकारी दिइन् ।

जनताको जीवनस्तर उकास्नका लागि गाउँपालिकाको नीति तथा कार्यक्रमअन्तर्गत गैररसकारी संस्था हेफर नेपाल र दियालो परिवारसँग तीन वर्षभित्र १ करोड ५२ लाख खर्च गर्ने गरी सम्झौता भएको छ ।

त्यसमध्ये साझेदारी संस्थाको २५ प्रतिशत सहयोग रहनेछ । साथै गाउँपालिकाले युवा र बाबु समूह गठन गरी आर्थिक समृद्धिका लागि आधारशिला तालिम दिइने अध्यक्ष गुरूङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार