चुरामणी तिमिल्सिना,चैतः२४ गुल्मी।
गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न ४ भण्डारी डाडामा सात दिने राष्ट्रिय स्तरको कफि खेती वीउ उत्पादन तथा प्रशोधन आबसिय तालिमको उत्घाटन गरिएको छ । रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमको प्रमुख आथित्यता रहेको कार्यक्रममा पालिकाकी उपाध्यक्ष लक्ष्मी देबि पन्थ , वडा न ४ का वडा अध्यक्ष फर्सुराम विशिष्ट अतिथी रहनु भएको थियोे ।
तालिम उत्घाटन सत्रमा बोल्दै विशिष्ट अतिथी उपाध्यक्ष पन्थ र वडा सदस्य ज्ञवालीले तालिम लाई ब्यबसायी मुखि बनाउने , देशको अर्थ लाई अगाडी बढाउन टेवा पुग्ने , अनुभव साटासाट गर्ने अबसर प्राप्त हुने समस्याहरु र चुनौती लाई आत्मसाथ गर्दै अगाडी बढन आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पालिकाका अध्यक्ष गौतमले तालिमका बिद्यार्थीहरु लाई सिकायका गतिविधि लाई नोट गर्ने, ब्यबहारिक कुराहरु लाई सिपमा प्रयोग गर्ने, सरकारले कफि शिक्षकको ब्यबस्थापन गर्नु पर्ने , रोजगारको सिर्जना गर्ने, बाताबरण स्वछ राख्न मद्दत गर्ने जीवन स्थर उकासन्न सहज हुने राज्यले सबै घर धुरिमा कफि लगाउन आग्रह गर्ने धाराण राख्दै तालिम अन्तर्कृयामक रुपमा सन्चालन गर्न आग्रह गर्नु भयो ।
सात दिन सम्म सन्चालन हुने तालिममा, गुल्मी पाल्पा अर्घाखाँची , इलाम ,सन्ख्वासभा प्युठान ,मोरङ ,कास्की धनकुटा खोटाङ सुर्खेत गरि १४ जिल्लाका २२ जनाको सहभागीता रहेको छ।
तालिमको औपचारिक सत्र लाई समापन गर्दै कार्यक्रमका अध्यक्ष तथा कफि अनुसन्धान कार्यक्रमका सम्योजक जित नारायण चौधरीले सात दिन सम्म तालिम प्रदान गर्न कफिका बिज्ञहरु लाई आमन्त्रण गरिएको तालिम लाई फिल्डमा प्राक्टिकल रुपमा नै सन्चालन गरिने प्रशिक्षार्थीले उठाउनु भएका जिज्ञासाको उत्तर दिने बताउनु भयो । कार्यक्रममा सुपृम थापाले स्वागत गर्नु भएको थियो। कार्यक्रमको सन्चालन कमल रानाले गर्नु भएको थियो।
Discussion about this post