रुरु प्राथमिक स्वास्थ केन्द्रका डा बिकास पन्थिलाई बिदाइ कार्यक्रम सम्पन्न

21
SHARES
173
VIEWS

रुरु प्राथमिक स्वास्थ केन्द्र रुरु क्षेत्र गाउँपालिका वडा न १ रिडीमा बिदाइ तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ केन्द्र ब्यबस्थापन समितिका अध्यक्ष तथा रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष रामलाल बिकको अध्यक्षतामा कार्यक्रम भएको थियो। स्वस्थ केन्द्रका उपाध्यक्ष चन्द्र लाल कसजु , कार्यपालिका सदस्य भगवती बराल , यस्तै नेकपा एमालेका नबराज बिक कङग्रेसका अमुल्य श्रेष्ठ , महिला समुहकी धना राना लक्ष्मी ज्ञवाली ,स्वास्थ साखाका पुर्व प्रमुख देव बहादुर बुडाथोकी यस्तै कुमारी बैंककि दिपा श्रेष्ठ पत्रकार लगायतको आथित्यता रहेको थियो । उपाध्यक्ष चन्द्रलाल कसजुले स्वागत गर्नु भएको थियो । कार्यक्रममा डा बिकास पन्थीलाई समारोहको आयोजना गरि बिदाइ गर्दै १५ महिनाको समय अबधिमा गरेका काम प्रगती विवरण ,आगामी योजनाका विषयमा कार्यक्रमका बक्ताहरुले चर्चा गरेका थिए ।
डा पन्थिले आफू १५ महिना रहदा विभिन्न महत्त्वपूर्ण उपकरणहरु भित्र्याउन सफल भएको , औषधि अभाव हुन नदियको , बिमा कार्यक्रमलाई टिम नै परिचालन गरि सेवा प्रदान गर्न सफल भएको ,कार्यलय प्रशासनलाई दुरुस्त बनाउन अगाडी बढेको तथा कोभिटका समयमा टिम नै सफल भएको धाराण व्यक्त गर्नु भयो । डा पन्थिले आगामी दिनहरुमा पनि आफू जुन कार्यलयमा रहेता पनि यश कार्यलय लाई निरन्तर सेवा सद्भाव रहने बताउनु भयो। कार्यक्रमको सन्चालन अहेव मनोज गिरीले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार