अनेरास्ववियु तिलोत्तमा नगरकमिटिको अभियान ः मेरो पहिलो भोट सुर्यमा

27
SHARES
229
VIEWS

बुटवल,वैशाख १४ अनेरास्ववियु तिलोत्तमा नगरपालिका कमिटीले स्थानीय निर्वाचन २०७९ लक्षित “मेरो पहिलो भोट सुरुमा ” भन्ने अभियान सन्चालन गर्ने निर्णय गरेको छ ।
अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य रवि सेन्चुरीको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले तिलोत्तमाको १७ वटै वडामा नयाँ थपिएका मतदाताहरुमा पुग्ने र उनिहरुलाई तिलोत्तमा नगरमा नेकपा एमालेले गरेका जनपक्षीय कामहरु बारे बताउदै मतदाता शिक्षा सहित अघि बढ्ने अनेरास्ववियु तिलोत्तमाका नगर अध्यक्ष सरोज खनालले बताए । त्यस्तै सृजनशिलका माध्यमबाट विधार्थिहरुलाई सचेत बनाउदै निर्वाचन केन्द्रित कार्यक्रमहरु तय गरेको छ । अनेरास्ववियुको नगरकमिटी, वडा कमिटी र विभिन्न कलेजका विधार्थिहरुलाई व्यापक परिचालन गर्ने निर्णय अनेरास्ववियु जिल्ला सदस्य अर्जुन खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार