वैशाख -१५
वैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनका लागि नेपाली काङ्ग्रेस , नेकपा माओवादी र राष्ट्रिय जनमुक्ति सहितको संयुक्त गठबंधनको तर्फबाट कालीगण्डकी गाउँपालिकाको उपाध्यक्षमा बम लामिछाने मगरले उम्मेदवारी दिनु भएको छ। बि. सं २०२९ माघ ३ गते साविकको कारीकोट चन्डी भञ्ज्याङ् वडा नम्बर २ मा जन्मेको लामिछाने २०४३ साल देखि नै राजनीतिको यात्रा सुरु गर्नु भएको थियो । लामिछाने मगरको राजनीतिक पृष्ठभुमिलाई फर्केर हेर्दा उहाँको राजनीतिक यात्रा २०४३ सालदेखि अनेरास्ववियुबाट सुरु भएको थियो। २०४६ सालको जन आन्दोलनमा भूमिगत राजनीतिबाट निस्केर विभिन्न आन्दोलनमा सरिक रहनु भएको थियो। २०४७/२०४८ मा वुटवल बहुमुखी क्याम्पसमा प्रारम्भिक समितिको सदस्यमा लामिछाने कार्यरत रहनु भएको थियो।
स्व. मदन भण्डारी र जिवराज आश्रीत हत्या पछि कम्युनिस्ट पार्टीमा आएको विचलन र विसंगति देखि २०४७ सालको संविधानमा समानुपातिक ,समावेशी , संघियता र धर्म निरपेक्षता जस्ता मुद्दामा कम्युनिस्टहरु अडिग नदेखिएपछि २०५१ साल देखि लामिछाने राष्ट्रिय जनमुक्ति पार्टीमा प्रबेश गर्नु भएको थियो।
लामिछाने मगरले २०५१ साल देखि जनमुक्ति पार्टीको विद्यार्थी राजनीतिबाट सुरु गरेका राष्ट्रिय जनमुक्तिपार्टीको यात्रामा केन्द्रिय समिति , जिल्ला सदस्य , सचीव हुँदै अहिले आएर हाल जिल्ला अध्यक्ष हुनु हुन्छ ।
जिल्लाको विभिन्न समाजीक संघस्था,विकासयोजनामा महत्वपूर्ण अनुभव वटुल्नुभएका लामीछाने २०६२/६३ को अान्दोलनपछि तत्कालीन जिल्ला विकास समितीमा पार्टीको तर्फवाट संयन्त्र सदस्य रहि स्याङजा जिल्लाको सामाजिक ,भौगोलीक अवस्थाको अनुभव वटुल्न भएका वहाँ निडर, स्पष्टवत्ताको रुपमा चिनिनुहुन्छ।
हाल आसन्न स्थानीय निकाय २०७९ वैशाख ३० गते हुन गइराखेको निर्वाचनमा वहाँ स्याङ्जा जिल्लाको कालीगण्डकी गाउपालीकाको नेपाली कांग्रेस, नेकपामाअोवादी केन्द्र राष्ट्रिय जनमुक्ति पार्टीको संयुक्त गठवन्धनवाट उपाध्यक्ष पदमा पार्टीको चुनाव चिन्ह “घर” लिई उम्मेदारी दिनुभएको छ।
Discussion about this post