कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसको तर्फबाट माया राना मगरको उम्मेदवारी

75
SHARES
628
VIEWS

वैशाख -१८
वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा अध्यक्ष पदका लागि नेपाली काङ्ग्रेसको तर्फबाट माया रानाले उम्मेदवारी दिनु भएको छ। राना मगरले नेपाली काङ्ग्रेस , नेकपा माओवादी र राष्ट्रिय जनमुक्ति सहितको गठबंधनको तर्फबाट उम्मेदवारी दिनु भएको हो।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा साधरण परिवारमा वि. सं. २०३२ सालमा जन्मनुभएकी राना मगरले २०४४ सालबाट नेवि संघ आवद्ध भै राजनीतिक यात्रा सुरु गर्नु भएको थियो। नेविसंघ संघको सदस्यताबाट सुरु गर्नु भएको राजनीतिक यात्रा नेपाली काङ्ग्रेसको जिल्ला सदस्य हुँदै नेपाल महिला संघ केन्द्रिय सदस्य तथा महासमितिमा रहदै आउनु भएको छ।
सरल, निडर , अनुसासित , सादगी र मिलनसार रानामगरले राजनीतिलाई जीवनको लक्ष्य बनाइ अहिले सम्म कुनै जागिर वा लाभका पदमा रहनु भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार