बन्दाबन्दीका कारण महिलाहरुमा कार्यबोध थपियो

19
SHARES
132
VIEWS


बन्दाबन्दीका कारण महिलाहरुमा कार्यबोध थपिएको छ । कोभिड १९ कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि गरिएको बन्दाबन्दीमा गृहिणी महिलाहरुमा कार्यबोध अझ धेरै थपिएको हो ।
वालिङ नगरपालिकाका उप–प्रमुख कल्पना तिवारीका अनुसार वालिङ नगरपालिका भित्रका अधिकांश गृहिणी महिलाहरुमा पहिला भन्दा बन्दाबन्दीपछिको समयमा झन धेरै घरायसी काम थपिएको छ । जसको कारण पुरुषको तुलनामा गृहिणी महिलामा कामको भार धेरै परेको छ ।
बन्दाबन्दी हुनु भन्दा पहिलेका दिनमा काम गर्ने समय तालिका भएतापनि बन्दाबन्दीपछि परिवारका सबै सदस्य जमघट हुने र गृहिणी महिलाहरुलाई घरभित्रको काम बढी गर्नुपर्ने बाध्यता छ । कार्यबोध थपिएपनि जिम्मेवारीका साथ कामगर्ने केही दिदीबहिनीहरुले घरेलु हिंसा समेत भोग्नु परेको उपप्रमुख तिवारीको भनाई छ । कल्पना तिवारी, वालिङ नगरउपप्रमुख
उपप्रमुख तिवारीले बन्दाबन्दीको अवधिमा नयाँ प्रकृतिका मुद्धाहरु दर्ता भएका छैनन् तर केही महिला हिंसाका मुद्धाहरु नगरपालिकामा आएको बताउनुभयो ।
विगतका दिनमा विभिन्न ठाउँमा रहेर काम गर्ने घरका सदस्यहरु लामो समय सम्म घरमै बसिरहँदा स–साना कुरामा हुने मनमुटावले पनि दिदीबहिनीहरु घरेलु हिंसामा परेको उपप्रमुख तिवारीले उल्लेख गर्नुभयो ।
बन्दाबन्दीका कारण महिलाहरुमा कार्यबोध थपिएको छ । तर महिलाहरूमाथि हुनसक्ने हिंसाका सम्भावित घटनाहरूमा सचेत भएको उपप्रमुख तिवारीको भनाइ छ । महिला अधिकार तथा समाजमा रहेका हिंसा सम्बन्धी विभिन्न तालिमका माध्यमबाट नगरपालिकाले जनचेतना फैलाउने विशेष योजना बनाएको छ ।
बन्दाबन्दीको अवधिमा भेला, सभा–समारोह, गोष्टि सञ्चालन गरेर जनचेता दिन नसके पनि वालिङ नगरपालिकाले विभिन्न मिडिया टेलिभिजन, एफएम, तथा अनलाइन लगायत सामाजिक सञ्जाल मार्फत जनचेतना दिँदै आएको पनि उपप्रमुख तिवारीले जानकारी दिनु भयो ।
आगामी दिनमा नगरपालिकाले सामाजिक दुरी कायम गरेर वा सम्भावना रहेको ठाउँमा भर्चुअल मिटिङबाट पनि जनचेतना सम्बन्धी कार्यक्रम गर्ने तयारी गरेको उपप्रमुख तिवारीले उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार