किसानको सहयात्री बन्दै बिर्घा सानाकिसान कृषि सहकारी

137
SHARES
334
VIEWS


स्याङ्जा भदौ -१७, कोरोना महामारीको कारण सिंगो देशमा रसायनिक मलको अभाव देखिएको छ। किसानले लगाएको धान बालीको लागि रासायनिक मलको अभाव स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पनि देखिएको छ। हाल देखिएको रासायनिकमलको अभावलाई मध्यनजर गर्दै जिल्ला सहकारी संघ र कालीगण्डकी गाउँ पालिकाले रासायनिक मलको व्यवस्था गरेको हो।
साविकको बिर्घा गाविसका किसानलाई लक्षित गरि बिर्घा साना किसान कृषि सहकारी मार्फत मल बितरण गरिएको हो। कालीगण्डकी गाउँपालिकामा हाललाई ९५ बोरा मल ल्याएको हो ।

जसमध्ये बिर्घा साना किसान सहकारी मार्फत २० बोरा मल बितरण गरिएको छ । स्थानीय किसानको आवश्यकता र मागलाई मध्यनजर गर्दै किसानले माग गरे मुताविक मल उपलब्ध गराइएको सहकारीका अध्यक्ष नारायण प्रसाद पाण्डेयले बताउनुभयो। धान बाली लगाएका किसानहरुलाइ गाउँ पालिकाले मल व्यवस्था गरेकोले किसानहरुमा उत्साह जागेको छ। कालीगण्डकी गाउँ पालिकाले गाउँ पालिकाका किसानहरुलाइ रासायनिक मलको आवश्यकता अनुसार वितरण गर्न पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार