श्री भगवती मावी भूतपूर्व विद्यार्थी मंचद्वारा असोज २२ गते बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने

16
SHARES
130
VIEWS

असोज -१०

स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ मिर्मी ढावमा अवस्थित भूतपूर्व बिद्यार्थी मंच भगवती माविले असोज २२ गते भब्य कार्यक्रम गर्ने भएको छ। विद्यार्थी मंचले भूतपूर्व विद्यार्थीहरुको पुनःमिलन कार्यक्रम सहित चर्चित कलाकारहरुको साथमा खुल्ला नृत्य प्रतियोगितासहित उक्त कार्यक्रम गर्न लागिएको भूपू विद्यार्थी राजेश पाण्डेले कालीगण्डकी पोष्टलाई जानकारी दिनु भयो।

कार्यक्रममा चर्चित गायक पुरुषोत्तम न्यौपाने , गायक खुमन अधिकारी ,गायिका रचना रिमाल , गायक ज्योति न्यौपाने एवम् अभिषेक खड्काको प्रस्तुति रहने छ। कालीगण्डकी गाउँपालिकामा दशैको समयमा विभिन्न कार्यक्रम आयोजना गर्न विभिन्न संघ-संस्था एवम् क्लबहरु लागि परेका छन् । यो समयमा विशेष गरि विभिन्न पेशा ,व्यावसाय ,रोजगारी तथा अन्य कारणले पालिका बाहिर रहेकाहरु गृहपालिका प्रबेश गर्ने भएकोले दर्शकहरुको उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ। उक्तकार्यक्रममा कालीगण्डकी पोष्ट मिडिया पार्टरको रुपमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार