गोरखामा कुमारी बैंकको एटीएममा आगजनी

15
SHARES
122
VIEWS

असोज -१० गोरखामा कुमारी बैंकको एटिएम मेसिन तोडफोड भएको छ। हरमटारीस्थित कालिमाटीमा रहेको बैंकको एटिएम कक्ष गए राति तोडफोड भएको थियो।
जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले एटिएम मेसिन तोडफोड गरे पनि पैसा लगे वा नलगेकोबारे अनुसन्धान भइरहेको बताए। आज बिहान सुरक्षागार्डले एटिएम मेसिन तोडफोड भएकोबारे प्रहरीलाई खबर गरेका थिए।
‘पैसा लगेको वा नलगेको खुलेको छैन। बैंकका मानिसहरू आउँदै हुनुहुन्छ। थप अनुसन्धान सुरू गरिन्छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार