स्याङ्जाको वालिङले दियो भूकम्प प्रतिरोधी घर बनाउने तालिम

20
SHARES
163
VIEWS

स्याङ्जा, पुस । स्याङ्जाको वालिङ नगरपालिकाले डकर्मीलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम दिएको छ । उक्त नगरपालिकाको आयोजनामा र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा नगरभित्रका ४२ डकर्मीलाई घर बनाउन सिकाइएको हो । नगरभित्रका १४ वडाबाट महिला, पुरुष तथा समावेशिताका आधारमा तीन/तीन जनाका दरले ४२ निर्माण व्यवसायी, नाइके र कामदार सहभागी भएका छन्।

“युएनडिपीले प्राविधिक, निर्माण सामग्री र प्रशिक्षण दिन स्रोतव्यक्ति उपलब्ध गराएको छ। नगरपालिकामार्फत प्रत्येक वडाबाट तीन-तीनजनाका दरले कामदार छनोट गरी सहभागी भएका छन्। प्राविधिकको प्रत्यक्ष निगरानीमा नगरपालिका परिसरभित्रै प्रयोगात्मक र सैद्धान्तिक विधिमार्फत प्रशिक्षण दिइएको हो । निर्माणका क्षेत्रमा काम गर्दै आउनुभएका निर्माण व्यवसायी, कामदारलाई सीप सिकाएर दक्ष बनाउने र उनीहरुले कार्यक्षेत्रमा फर्केर सहयोगीलाई सिकाउने भएकाले अब बन्ने घर/भवन भूकम्प प्रतिरोधी हुँदै जाने विश्वास अधिकृतको भनाई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार