गाउँवासीको श्रमदानमा ढलान सहितको बाटो निर्माण

150
SHARES
106
VIEWS


स्याङ्जा वालिङका युवाहरु ग्रामीण बाटो निर्माणमा जुटेका छन् । वालिङ नगरपालिका वडा नम्बर १३ वोदिभञ्ज्याङका युवाहरु ग्रामीण बाटो निर्माणमा जुटेका हुन् । बाटो निर्माण कार्यमा गाउँलेहरुको साथमा अधिकांश श्रम गरेर खाने युवाहरु रहेका छन् । वर्षातका कारण हिँडन समेत मुश्किल भएको बाटो स्थानीय वासीद्वारा निर्माण हुन थालेको हो ।
गाउँमा हिँड्ने सात सय चालिस मिटर लामो ढलान सहितको गोरेटो बाटो बनाउन गाउँवासीहरु खटिएका हुन् । अरुको मुख ताक्नुभन्दा आप्mनो लागि आँपै गरेपनि हुन्छ भनेर सुरु गरेको काम पूर्ण श्रमदानमा हुने भएको हो ।
केहि यत्तिकै खाली समय बिताउनेहरु लागेका छन् भने अधिकांश दैनिक मजदुरी गरेर खाने युवाहरु खटिएका छन् ।
घरमा गफ गरेर बस्नुभन्दा हाम्रै काम हो हाम्रा लागि हामीले नै गरेनौ भने विकास नहुने बाटो निर्माणमा सहभागी सुदिप आलेले बताउनु भयो । प्रत्येक घरका सदस्यहरुलाई अनिवार्य उपस्थिति हुन अनुरोध गरिएको पनि आलेले उल्लेख गर्नुभयो । सबैले मिलेर काम गर्नु राम्रो हो, मिलेर काम गर्दा रमाइलो लागेको सहभागीहरुले बताएका छन् ।
आप्mनै गाउँको बाटो बन्ने भएपछि गाउँबासीहरु खुशी छन् र सबैको भलो हुने काम हो, त्यसैले आँफुलाई पनि खुशी लागेको बाटो निर्माणमा सहभागी अर्का युवाको भनाइ छ । बन्दाबन्दीका कारण युवाहरु गाउँमा हुँदा काम गर्न सजिलो भएको सहभागीहरुको भनाइ छ । वोदिभञ्ज्याङवासीहरु यही भदौ १ गतेदेखि बाटो निर्माणका लागि खटिरहेका छन् भने अरु दशदिनसम्ममा पूरा गर्ने उनिहरुको लक्ष्य छ ।
ढलानका लागि आवस्यक सिमेन्टको व्यवस्था १३ नम्बर वडा कार्यालयले गरेको छ भने अरु सामग्रीको व्यवस्था स्थानीयहरुबाट नै व्यवस्थापन भएको हो । ढुङ्गा, गिटी र बालुवा स्थानीय गोपाल गैरेे हेमप्रसाद गैरे अनरुद्र गैरे बाट व्यवस्थापन भएको छ भने ढुवानीको व्यवस्था राजु पराजुलीले गरेका हुन् । काम सम्पन्न गर्दासम्म १३ सय कामदार लाग्ने अनुमान गरिएको गोरेटो बाटो निर्माण पूर्ण श्रमदानमा हुने भएको हो । नवनिर्मित बाटोमा अटोरिक्सा सजिलै गुडाउन सकिनेछ भने ६० घर लाभान्वीत हुनेछन् ।
अनुमानित पचास लाखभन्दा बढीको काम गाउँवासीको उत्साहजनक सक्रीयता र श्रमदानमा सम्पन्न गरिने सहभागीहरुको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार